पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (एयब्ज्क्) नेपालमा स्थापना भएका स्वास् थ्य विज्ञान प्रतिष्ठानमध्ये एक हो । चिकित्सा विज्ञानको अध्ययन—अध्यापन हुने यो प्रतिष्ठानको नामाकरण पर्यटकीय नगरी पोखराको नामबाट गरिएको हो । प्रतिष्ठान संघीय नेपालका सातवटा प्रदेशहरुमध्ये एक गण्डकी प्रदेशको कास्की जिल्लाअन्तर्गत पोखरा महानगरपालिका—११ रामघाटमा रहेको छ । निकै सम्भावना बोकेको यो प्रतिष्ठानलाई चिकित्सा शिक्षाको आशाको केन्द्र मानिन्छ । वि.सं. २०७२ साल माघमा व्यवस्थापिका संसदबाट पारित भएको “पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२” मार्फत तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई स्तरोन्नती गरेर स्वायत्त शिक्षण तथा स्वास्थ्य संस्थाका रुपमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको हो । स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानका माध्यमबाट गण्डकी प्रदेशमा अवस्थित भएपनि प्रतिष्ठानले देशभरका नागरिकहरुलाई स्वास्थ्य सेवा र शिक्षा उपलब्ध गराउँदैं आएको छ । स्वास्थ्य विज्ञानका क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी मुलुकलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने र सर्वसाधारणलाई सहज रुपमा गुणस्तरीय स्वास्थ्य सेवा दिने लक्ष्य राखेर प्रतिष्ठान स्थापना गरिएको हो । नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिम व्यवस्थापिका संसदले ऐन बनाएर प्रतिष्ठान स्थापना गरेको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२ राष्ट्रपतिबाट माघ १२ गते प्रमाणिकरण भएपछि कानुनी रुपमै प्रतिष्ठान अस्तित्वमा आएको हो । वि.सं. २०७२ सालमा प्रतिष्ठान स्थापना भएपनि प्रतिष्ठानको लक्ष्यअनुसार स्वास्थ्य शिक्षाको अध्ययन—अध्यापन सुरु गर्नका लागि भने थप चार वर्ष कुर्नुप¥यो । अहिले प्रतिष्ठानमा चिकित्सा शिक्षाका स्नातकोत्तर तर्पmका कार्यक्रमहरु सञ्चालनमा छन ् । प्रतिष्ठानको शैक्षिक यात्रामा मुख्य कोशेढुंगा भने वि.सं. २०७६ असोज १ लाई मानिन्छ । त्यतिबेला पहिलो पटक प्रतिष्ठानले ६ विधामा विशेषज्ञता अध्यापन गराउनका लागि नेपाल मेडिकल काउन्सिलबाट १७ सिट पाएको थियो । पहिलो पटक प्रतिष्ठानले जनरल सर्जरीमा ४ सिट, स्त्री तथा प्रसुति रोगमा ४ सिट, हाडजोर्नीमा २ सिट, जनरल मेडिसिनमा २ सिट, बालरोगमा २ सिट, एनेस्थेसियालोजीमा ३ सिटबाट अध्यापन यात्रा अगाडि बढाएको हो । पहिलो ब्याचका ६ विषयका १७ जना, दोस्रो ब्याचका ७ विषयका २६ जना, तेस्रो ब्याचका ९ विषयका ३३ जना विद्यार्थी उत्तीर्ण भइसकेका छन् । चौथो ब्याचमा १० विधाका ३१ जना र पाँचौं ब्याचमा २९ जना र छैटौं ब्याचमा १३ विधाका ४१ जना विद्यार्थी प्रतिष्ठानमा अध्ययनरत छन् । प्रतिष्ठानले स्नातक तहका एमबीबीएस, नर्सिङका कार्यक्रम समेत सञ्चालन गरिरहेको छ । सुगमता, ठूलो जनसंख्या, मनोरम पोखराको वातावरणजस्ता अनुकूलताका कारण यो स्वास्थ्य विज्ञान प्रतिष्ठानले ठूलो सम्भावना बोकेको छ । नजिकैबाट बग्ने सेती नदी ऐना बनेर टल्किरहेको माछापुच्छ्रे हिमश्रृखला प्रतिष्ठानको रमणीयता झल्काउन काफी छन् । त्यसबाहेक पोखराका तालतलैया, गुफा, मन्दिर, रमणीय डाँडाकाँडाले प्रतिष्ठानको शैक्षिक वातावरण थप रमणीय बनाएका छन् ।