अस्पताल संरचना
प्रतिष्ठान ऐनमा स्वास्थ्य क्षेत्रमा उच्चस्तरीय अध्ययन तथा अनुसन्धान गर्न तथा गुणस्तरीय एवं सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल स्थापना गर्ने व्यवस्था गरेको छ । उक्त कानुनमा प्रतिष्ठान प्रारम्भ हुँदैअघि नै सञ्चालनमा रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई प्रतिष्ठान अस्पतालका रूपमा स्थापना भएको मानिने उल्लेख छ । अस्पताल सञ्चालनका लागि अस्पताल व्यवस्थापन समिति गठन गरिएको छ ।
| अस्पताल व्यवस्थापन समिति | भूमिका |
|---|---|
| अस्पताल निर्देशक | अध्यक्ष |
| शिक्षकहरू मध्येबाट १ जना महिलासहित ३ जना | सदस्य |
| नर्सिङ प्रमुख | सदस्य |
| समाजसेवीहरू मध्येबाट १ महिलासहित ३ जना | सदस्य |
| प्रतिष्ठानको लेखा शाखा प्रमुख | सदस्य |
| प्रतिष्ठानको प्रशासन शाखा प्रमुख | सदस्य सचिव |
राष्ट्रिय आर्थिक गणना २०८२