हाम्रो बारेमा

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (PoAHS) नेपालका ९ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमध्ये एक हो । चिकित्सा विज्ञानको अध्ययन—अध्यापन हुने यो प्रतिष्ठानको नामाकरण सुन्दर पर्यटकीय नगरी पोखराको नामबाट गरिएको हो । संघीय नेपालका ७ वटा प्रदेशहरुमध्ये एक गण्डकी प्रदेशको कास्की जिल्ला अन्तर्गत पोखरा महानगरपालिका—११ रामघाटमा रहेको छ । निकैसम्भावना बोकेको यो प्रतिष्ठानलाई चिकित्सा शिक्षाको आशाको केन्द्र मानिन्छ ।

वि.सं. २०७२ सालमा व्यवस्थापिका संसदबाट पारित भएको “पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२” मार्फत तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई स्तरोन्नती गरेर स्वायत्त शिक्षण तथा स्वास्थ्य संस्थाका रुपमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानका माध्यमबाट सिंगो मुलुकलाई नै टेवा पुयाउँदै आएको छ ।

स्वास्थ्य विज्ञानका क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी मुलुकलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने र सर्वसाधारणलाई सहज रुपमा गुणस्तरीय स्वास्थ्य सेवा दिने लक्ष्य राखेर प्रतिष्ठान स्थापना गरिएको हो । नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिम व्यवस्थापिका संसदले ऐन बनाएर प्रतिष्ठान स्थापना गरेको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२ राष्टपतिबाट माघ १२ गते प्रमाणिकरण भएपछि कानुनी रुपमै प्रतिष्ठान अस्तित्वमा आएको हो । तर, प्रतिष्ठान स्थापनाका लागि वि.सं. २०६९ सालबाट नै प्रयास हुँदै आएको थियो ।

about us

वि.सं. २०७२ सालमै प्रतिष्ठान स्थापना भएपनि प्रतिष्ठानको लक्ष्यअनुसार स्वास्थ्य शिक्षाको अध्ययन—अध्यापन सुरु गर्नका लागि भने थप ४ वर्ष कुर्नुपर्यो । अहिले प्रतिष्ठानमा चिकित्सा शिक्षाका स्नातकोत्तर तर्फका कार्यक्रमहरु सञ्चालनमा छन् । प्रतिष्ठानको शैक्षिक यात्रामा मुख्य कोशेढुंगा भने वि.सं. २०७६ लाई मानिन्छ । त्यतिबेला पहिलो पटक प्रतिष्ठानले ६ विधामा विशेषज्ञता अध्यापन गराउनका लागि नेपाल मेडिकल काउन्सिलबाट १७ सिट पाएको थियो ।

पहिलो पटक प्रतिष्ठानले जनरल सर्जरीमा ४ सिट, स्त्री तथा प्रसुति रोगमा ४ सिट, हाडजोर्नीमा ३ सिट, जनरल मेडिसिनमा २ सिट, बालरोगमा २ सिट, एनेस्थेसियालोजीमा २ सिटबाट अध्यापन यात्रा अगाडि बढाएको हो । हाल चिकित्सा शिक्षाका विभिन्न विधामा पहिलो, दोस्रो र तेस्रो वर्षमा ७६ जना रेजिडेन्ट चिकित्सकहरु स्नातकोत्तर तहमा अध्ययनरत छन् । प्रतिष्ठानले स्नातक तहका एमबीबीएस, नर्सिब, जनस्वास्थ्य, एलाइड हेल्थ साइन्सेज एवं डिएम./एम.सि.एच. जस्ता विशेषज्ञ कार्यक्रम सञ्चालन गर्न पूर्वाधार तयार गर्ने कार्य अगाडि बढाइरहेको छ ।

सुगमता, ठूलो जनसंख्या, मनोरम पोखराको वातावरणमा रहेको प्रतिष्ठान ठूलो सम्भावना बोकेको स्वास्थ्य विज्ञान प्रतिष्ठान हो । नजिकैबाट बग्ने सेती नदी र पर्दा बनेर टल्किरहेको माछापुच्छ्रे हिमश्रृखला प्रतिष्ठानको रमणीयता झल्काउन काफी छन् । त्यसबाहेक पोखराका तालतलैया, गुफा, मन्दिर, रमणीय डाँडाकाँडाले प्रतिष्ठानको शैक्षिक वातावरण थप रमणीय बनाएका छन् ।


शिर्षक प्रकाशन मिति विवरण
Notice of Pre-Final and Final Exam हेर्नुहोस्
Notice of Internal Examination हेर्नुहोस्
अन्तर्वार्ताको नतिजा २०८१ फागुन ६ गते। हेर्नुहोस्
करार सेवामा पदपूर्ति सम्बन्धि सूचना हेर्नुहोस्
Notice हेर्नुहोस्
Convocation Notice हेर्नुहोस्
स्नातक तह (MBBS, BSc Nursing/BNS) कार्यक्रमको अभिमुखीकरण तथा पठनपाठन सम्बन्धी सूचना | हेर्नुहोस्
करार सेवाका लागि दरखास्त आव्हान सम्बन्धी सूचना हेर्नुहोस्
सुचिकृत गर्ने सम्वन्धी सूचना हेर्नुहोस्
करार सेवाका लागि दरखास्त आव्हान सम्बन्धी सूचना हेर्नुहोस्
शिर्षक प्रकाशन मिति विवरण
एम.डी/एम.एस दोश्रो व्याचका आवासीय चिकित्सकको विदाई कार्यक्रमका झलक हेर्नुहोस्
शिर्षक प्रकाशन मिति विवरण
प्रेस विज्ञप्ति हेर्नुहोस्
शिर्षक प्रकाशन मिति विवरण
मेडिकल अधिकृतकाे अन्तर्वार्ताकाे नतिजा प्रकाशन हेर्नुहोस्
शिर्षक प्रकाशन मिति विवरण
केपी शर्मा ओली

कुलपति

प्रदीप पौडेल

सहकुलपति

प्रा. डा. डुक बहादुर क्षेत्री

उप कुलपति

प्रा. डा. श्री कृष्ण श्रेष्ठ

डिन

प्रा. डा. भरत बहादुर खत्री

निर्देशक

सुशील कुमार अर्याल

सूचना अधिकारी
wrhpokh@gmail.com
9856014440

शैक्षिक संस्था

वि.सं. २०७६ फागुनबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले शैक्षिक कार्यक्रमहरु सुरु गरेको हो । स्नातकोत्तर तहमा शल्यचिकित्सा, मेडिसिन, बालस्वास्थ्य, स्त्री तथा प्रसुतिरोग, हाडजोर्नी र एनेस्थेसिया गरी ६ विद्याका १७ जना विद्यार्थीबाट अध्ययन—अध्यापन सुरुवात भएको हो । प्रतिष्ठानले दोस्रो शैक्षिक सत्रमा अघिल्ला शैक्षिक सत्रमा सञ्चालित ६ कार्यक्रमका साथै रेडियोलोजी गरी ७ वटा विद्याका २६ जना विद्यार्थी अध्ययन थाल्यो । अहिले प्रतिष्ठानमा शल्यचिकित्सा, मेडिसिन,बालस्वास्थ्य, स्त्री तथा प्रसुतिरोग, हाडजोर्नी, एनेस्थेसिया र रेडियोलोजी नाक कान घाँटी तथा प्याथोलोजी गरी तीन शैक्षिक सत्रमा ७६ जना आवासीय विद्यार्थी अध्ययनरत छन् । आगामी वर्ष बीएस्सी नर्सिबको अध्यापन कार्य सुरु गर्न पूर्वाधारहरु निर्माण सम्पन्न भइसकेको छ । वि.सं. २०८० सालको अन्त्यसम्म एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने गरी पूर्वाधार निर्माण गर्न प्रतिष्ठान लागि परेको छ । साथै निकट भविष्यमा स्वास्थ्यसँग सम्बन्धित अन्य शैक्षिक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ ।


अस्पताल

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालको रुपमा रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ५ सय शैयाको हो। यो अस्पताल नेपालका प्रमुख ठुला अस्पतालमध्ये एक हो। अस्पताल २ सय ७ रोपनी क्षेत्रमा फैलिएको छ । केही भौतिक पुर्वाधार निर्माणका काम चलिरहेकाले निकट भविष्यमै अस्पतालको क्षमता थप व ृद्दि हुनेछ । नेपालको झापादेखि कन्चनपुरसम्मका ७७ जिल्लाकै बिरामीहरु यस अस्पतालमा सेवा लिन आउने गर्दछन् । अस्पतालमा मुख्यगरी गण्डकी प्रदेशका जिल्लाबाट रेफरल भएर आउने बिरामीहरु पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुग्छन् ।

अस्पतालमा विभिन्न विभागहरु सञ्चालनमा छन् । अस्पतालमा मेडिकल अधिक ृतदेखि विशिष्टीक ृत विशेषज्ञता हासिल गरेका समेत गरी करिब १ सय ५० चिकित्सक सेवारत छन् । अस्पतालमा १ सय ६० जना नर्स, ६० जना पारामेडिक्स र अन्य कर्मचारी गरी कुल ६ सय ५० जना कार्यरत रहेका छन् । अस्पतालमा दैनिक ओपीडी सेवा लिने बिरामी औसत १ हजार ५ सय, आकस्मिक सेवा लिन आउने करिब १ सय र दैनिक भर्ना हुने बिरामीको संख्या करिब ८०-९० जनासम्म हुन्छ ।


सेवाग्राही/बिरामीहरुको तथ्यांक Live

आजका बिरामी संख्या (जम्मा १४७३)

ओपिडि सेवा लिने संख्या

पुरुष

५१०

महिला

८८०

जम्मा

१३९०

आकस्मिक सेवा लिने संख्या

पुरुष

३९

महिला

४४

जम्मा

८३

आज भर्ना भएका

जम्मा

६४

स्वास्थ्य बीमा कार्यक्रमतर्फ

जम्मा

८८२