बहिरंग (OPD) सेवा सार्वजनिक बिदाबाहेक सोमवारदेखि शुक्रवारसम्म सञ्चालन हुँदै आएको छ। यस सेवाअन्तर्गत बिरामीहरूले सम्बन्धित विभागमा चिकित्सकबाट स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा प्राप्त गर्न सक्नेछन्। बहिरंग सेवाका लागि टिकट वितरण समय बिहान ७:०० बजेदेखि दिउँसो १:०० बजेसम्म रहेको छ भने सेवा प्राप्त गर्ने समय बिहान ९:०० बजेदेखि बेलुका ५:०० बजेसम्म रहेको छ। बहिरंग सेवाअन्तर्गत पहिलो पटक अस्पतालमा दर्ता हुने बिरामीका लागि नयाँ दर्ता शुल्क रु. २५/- र यसअघि अस्पतालमा दर्ता भइसकेका बिरामीका लागि पुरानो दर्ता शुल्क रु. १०/- निर्धारण गरिएको छ। स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा लिने लक्षित वर्गका सेवाग्राहीका हकमा नियमानुसार दर्ता शुल्क नलाग्ने व्यवस्था रहेको छ भने अन्य सेवाग्राहीका हकमा प्रचलित नियमानुसार शुल्क लाग्नेछ। बिरामीहरूले आवश्यक दर्ता प्रक्रिया पूरा गरी सम्बन्धित विभागबाट उपलब्ध हुने स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन्।

क्र.सं.

विभाग/शाखा

उपलब्ध सेवा

ब्लक

कोठा नं.

१

मेडिकल

जनरल मेडिसिन, मुटु, मिर्गौला, थाइराइड, कलेजो तथा फोक्सोसम्बन्धी उपचार

A

४

२

सर्जरी

जनरल सर्जरी, युरो सर्जरी, न्युरो सर्जरी बर्न तथा अन्य शल्यक्रियासम्बन्धी

B

३

३

हाडजोर्नी तथा नसा रोग

हाडजोर्नी तथा नसा रोगसम्बन्धी

K

८

४

प्रसूति तथा स्त्रीरोग

गर्भवती परीक्षण तथा स्त्रीरोगसम्बन्धी

M

५

५

गर्भपतन सेवा

सुरक्षित गर्भपतन

M

३६

६

बालरोग

बाल तथा नवजात शिशुसम्बन्धी उपचार

A

७

७

नसा तथा मानसिक रोग

नसा तथा मानसिक रोगसम्बन्धी उपचार

K

१४

८

दन्तरोग

दन्तरोगसम्बन्धी उपचार

C

१५

९

छाला तथा यौन रोग

छाला तथा यौनरोगसम्बन्धी उपचार

A

९

१०

जनरल ओ.पी.डी.

जनरल प्राक्टिस, जेरियाट्रिक क्लिनिक तथा अन्य उपचार सेवा

A

६

११

पी.ए.सी.

सर्जरीपूर्व एनेस्थेसिया चेकअप सेवा

K

३०

१२

आँखा रोग

आँखासम्बन्धी उपचार सेवा

B

२१

१३

ई.एन.टी.

नाक, कान तथा घाँटीसम्बन्धी उपचार सेवा

D

१८

१४

फरेन्सिक

घाउ जाँच, स्वास्थ्य परीक्षण, उमेर परीक्षण तथा अन्य मेडिको-लिगल सेवा

P

३१