शैक्षिक संस्था

अनुसन्धान

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले अनुसन्धानका कार्यहरुलाई पनि योजनावद्ध रुपमा अगाडि बढाइरहेको छ । त्यसका लागि प्रतिष्ठानले८ जना सदस्य रहेको एक इन्स्टिच्युसनल रिभ्युकमिटी (IRC) बनाएर काम गरिरहेको छ । कमिटी अन्तर्गतको सम्पादन बोर्डले अन्तर्राष्ट्रिय, राष्ट्रिय एवं प्रतिष्ठानका जर्नलहरुमा प्रकाशित हुने लेखहरु प्रकाशित गर्न योग्य भए नभएको अध्ययन तथा सम्पादन गर्छ ।

प्रतिष्ठानले Journal Committee को स्थापना गरेर तालिमको समेत व्यवस्था गरि अनुसन्धानका कामलाई थप गति दिएको छ । प्रतिष्ठानले हालसम्म ५ वटा Journal समेत प्रकाशित गरिसकेको छ भने थप जर्नल प्रकाशनको क्रममा छन् । साथै चिकित्सा विज्ञान प्रतिष्ठानलाई आवश्यक पर्ने शैक्षिक निकायमध्ये चिकित्सा शिक्षा विभाग (Medical Education Department) पनि स्थापना भएर विभिन्न शैक्षिक कार्यक्रमहरुमा समन्वय भइरहेको छ ।

 पुरा हर्नुहोस: https://mjpahs.edu.np/index.php/mjpahs


- Share -