अस्पताल

विशेष सेवाहरु

प्रतिष्ठान अस्पतालले विशिष्टीकृत विशेषज्ञ सेवाअन्तर्गत विशेष सेवाहरु सञ्चालनमा ल्याएको छ । जसले पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई स्वास्थ्य सेवाको केन्द्रका रुपमा विकास गर्दै गएको छ । प्रतिष्ठानमा उपलब्ध विशेष सेवाहरुले देशकैप्रमुख स्वास्थ्य केन्द्रका रुपमा प्रतिष्ठान अस्पताललाई स्थापित गर्दै लगेको छ ।

  • सिटी स्क्यान सेवा
    • प्रतिष्ठानले सिटी स्क्यान सेवा पनि सञ्चालनमा ल्याएको छ ।
  • कार्डियाक क्याथराइजेशन ल्याब्रोटोरी (क्याथ ल्याब)
    • प्रतिष्ठानलाई रोटरी इन्टरनेशनल पोखराले करिव ५ करोडको लागतमा कार्डियाक क्याथराइजेशन ल्याब्रोटोरी स्थापना गरी हस्तान्तरण गरेको छ । गम्भीर मुटुरोगको उपचारका लागि आवश्यक पर्ने क्याथ ल्याब ३० असार २०७९ बाट सञ्चालनमा आएको छ ।​
  • अक्सिजन प्लान्ट वीथ सेन्ट्रल सप्लाई
    • ​​
    • कोभिड–१९ को विश्वब्यापी महामारीसँगैनेपाल पनि आक्रान्त भएका बेला अक्सिजनको चरम अभाव थियो । प्रतिष्ठान अस्पतालमा अक्सिजन प्लान्टको टड्कारो आवश्यकतालाई मध्यनजर गर्दै छिटोर छोटो प्रक्रियाबाट करिव २ सय सिलिन्डर प्रतिदिन अक्सिजन उत्पादन गर्न सक्ने क्षमताको अक्सिजन प्लान्ट प्रवासी नेपाली मञ्चको सहयोगमा स्थापना गरी सञ्चालनमा ल्याइएको छ । त्यसका अलावा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागबाट प्रदान गरिएको प्रतिदिन १ सय ५० सिलिन्डर क्षमताको अक्सिजन प्लान्ट समेत सञ्चालनमा छ । यसरी उत्पादित अक्सिजनलाई विरामीको बेडसम्म सिधैसप्लाई गर्नका लागि पाइप लाइनको व्यवस्था गर्न गण्डकी प्रदेश सरकारबाट प्राप्त आर्थिक सहयोगलाई उपयोग गरी अक्सिजन सेन्ट्रल सप्लाईको व्यवस्था मिलाइको छ ।

  • मृगौला प्रत्यारोपण

    • प्रतिष्ठानको अस्पतालमा मृगौला फेल भएर हेमोडाइलाइसिस गर्नका लागि आउने बिरामीको संख्या अत्याधिक छ । यसलाई मध्यनजर गर्दै मृगौला प्रत्यारोपण सेवा सञ्चालनमा ल्याउनुअत्यावश्यक थियो । यो कार्यलाई अगाडि बढाउन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबीच २०७८ साल पुस २१ गतेमा सम्झौता भएको थियो ।

      आर्थिक वर्ष ०७८÷७९ भित्रैमृगौला प्रत्यारोपण कार्य सञ्चालन ल्याउने प्रतिवद्धताका साथ सम्झौता भए अनुसार २०७९ साल असार महिना भित्रै पहिलो पटक प्रतिष्ठान अस्पतालमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा मृगौला प्रत्यारोपण सेवा सुरु भयो । प्रत्यारोपण सेवालाई प्रतिष्ठान अस्पतालले निरन्तरता दिइरहेको छ ।


- Share -