अस्पताल

अस्पतालका सेवाहरु

अस्पतालमा मुख्यतयाः आकस्मिक सेवा, बहिरंग सेवा र अन्तरंग सेवा उपलब्ध छ । अस्पतालले कार्डियोलोजी, युरोलोजी, नेफ्रोलोजी, ग्यास्ट्रोइन्टेरोलोजी, हेपाटोलोजी, न्यूरो सर्जरी जस्ता विशिष्टीकृत विशेषज्ञ सेवा सञ्चालन गरिरहेको छ । यस्तै, बहिरंग सेवाअन्तर्गत मेडिकल, सर्जिकल, अर्थोपेडिक्स, अब्स./गाइनोकोलोजी, ईएनटी, डेन्टल, साइक्रयाट्रिक, पेडियाट्रिक, डर्माटोलोजी, कोभिड ओपीडी, फिजियोथेरापी, हेमोडाइलाइसिस सेवा उपलब्ध छन् । यसैगरी, अन्तरंग सेवाअन्तर्गत मेडिकल, सर्जिकल, अब्स./गाइनोकोलोजी, पेडियाट्रिक, अर्थोपेडिक्स, कोभिड—१९ आइसोलेसन, आईसीयु, एनआईसीयु, पिआईसीयु, इएनटी, शल्यक्रिया, पोष्ट अप्रेशन सेवा दिइरहेको छ । यस्तै, मेडिको लिगलसहित फरेन्सिक मेडिसिन सेवा पनि अस्पतालमा उपलब्ध छ ।

अस्पतालले जनस्वास्थ्यका कार्यक्रमहरु पनि सञ्चालन गरिरहेको छ । जसअन्तर्गत आमा शिशुसुरक्षा क्लिनिक, खोप कार्यक्रम, परिवार योजना, पोषण पुनःस्थापना गृह, आमाबाट बच्चामा सर्ने एचआईभी नियन्त्रण कार्यक्रम (पीएमटीसिटी), ए.आर.टी., ओ.एस.टी., गर्भपतन सेवा, स्वास्थ्य बिमा कार्यक्रम, कोभिड—१९ उपचार सेवा, सामाजिक सेवा एकाईबाट प्रदान गरिने सेवा आदि उपलब्ध गराइरहेको छ ।

निदानात्मक तथा अन्य स्वास्थ्य सेवाहरु अस्पतालमा उपलब्ध छन् । जसमा प्रयोगशाला सेवा, एमआरआई, ईआरसीपी, क्याथ ल्याब, एक्स—रे, अल्ट्रा साउण्ड, इसिजी/इइजी/पिएफटी/ईसीटी, इको कार्डियोग्राफी, इन्डोस्कोपी, क्लोनस्कोपी, स्पीच थेरापी, हल्टर मोनिटर र ट्रेड मिल टेष्ट रहेका छन् ।


- Share -